९० % छोपुवा रोगीलाई निको पारेको दावी गर्ने यी ज्योतिष भन्छन, ‘अन्धविश्वासले गर्दा ज्योतिषीयमा आस्था घट्यो'[हेर्नुहोस भिडियो]

0

भक्तपुर : बनेपाका विष्णु प्रसाद तिमलिसिना एक ज्योतीष हुन्। उनी पंचांग निर्णायक समिति, नेपाल ज्योतिष परिषदको ३ नम्बर प्रदेशका उपाधक्ष्य हुनुका साथै अन्तर्राष्ट्रिय दक्षिण एशियाली महासंघको केन्द्रीय सदस्य समेत हुन्।

उनले काभ्रे जील्लाको बनेपामा चिना, टिप्पणी हेराउने, वास्तु सम्बन्धी कार्य गर्ने देखि विभिन्न मानसिक तथा शारीरिक रोग लागेका विरामीलाई ज्योतिष विद्याबाट उपचार गराउने गर्दछन। उनको परिवारले पुर्खा देखि नै ज्योतिष कार्य गर्दै आएको उनी बताउँछन। उनले चिना हरेर व्यक्तिलाई मानसिक रोग या शारीरिकरोग लागेको पत्ता समेत लगाउने गर्छन। चिना नहुने व्यक्तिको बारे कम्प्युटर, ल्यापटपको सहायताले समस्या पत्ता लगाउने ज्योतिष तिमल्सिनाको भनाई छ।

उनकोमा विशेषत छोप्ने रोग भएका व्यक्तिहरु आउने गर्छन। दैनिकजसो आउने व्यक्तिहरु मध्य १० जना छोप्ने रोगबाट पिडित व्यक्तिहरु आउने गर्छन। उनी भन्छन,’डाक्टरले समेत टिक पार्न नसकेको छोप्ने रोग भएका विरामीलाई मैले निको पारेको छु। ९० प्रतिशत छोप्ने रोग लागेका विरामीलाई निको परेको छु।’

उक्त ज्योतिषीय केन्द्रमा जम्मा २० रपैयाको टिकट लाग्ने र पुजा गराउनु पर्दाको मात्र खर्च लाग्ने तर कतिले स्वइच्छाले दिने गरेको उनले बताए। उनले विहान ८ बजे देखि बेलुका ७ बजेसम्म सेवा दिने गर्दछन। उनले चिना र बुट्टीको भने ११०० रुपैया लिने गरेका छन्।

‘अहिले विभिन्न व्यक्तिहरु आफुलाई बाबा माता भनेर आफुलाई चिनाउने गर्दछन जसलाई आफ्नै नामकरण समेत थाहाँ छैन। त्यस्ता ढोगी ज्योतिषले गर्दा ज्योतिष विद्यामा विश्वास घटेको छ’ उनले भने।

उनले काजक्रिया छोटाउने विषयमा बोल्दै भने,’क्रियालाई छोटाएर छोटिने लम्ब्याएर लम्बिने हुदैन। हामीले अध्ययन र वेद हेरेर जिज्ञासा राख्ने व्यक्तिलाई १३ दिनको क्रिया र ४५ दिनको मासिक गरिसके पछि सके बार्ने र नसके १ वर्षमा क्रिया गर्ने सल्लाह दिने गरेको छौ। शास्त्र र गरुड पुराणमा बताइए अनुसार ३६५ दिन काज क्रिया लानुको कारण परम्पराअनुसारको चलन हो।’

हर्नुहोस भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!