७ तस्विरमा हेर्नुस आजभन्दा ७० वर्ष पहिलेको पोखरा [फोटो फिचर]

0

चैत २५, काठमाडौं। शनिबारदेखि काठमाडौंको बबरमहलस्थित आर्ट काउन्सिलमा सुरु भएको पोखराका पूराना फोटोहरुको प्रदर्शनी आज सकिदैंछ।

६०–७० वर्षपहिलेको कला–कौशल, चालचलन, रहनसहन र आर्थिक गतिविधिबारे नयाँ पुस्तालाई जानकारी गराउन आयोजना गरिएको उक्त फोटो प्रदर्शनी आज सकिन लागेको हो।

पोखरेली दिदीबहिनी समूहले आयोजना गरेको फोटो प्रदर्शनीमा फोटो संकलक सुनिल उलकले संकलन गरेका ९० फोटो राखिएका छन्।
जहाँ पोखराका प्राकृतिक सौन्दर्य, भेषभूषा, संस्कृति, मठमन्दिर लगायतका फोटोहरु समावेश गरिएको छ।

यी दुर्लभ फोटोहरुलाई फोटो संकलक सुनिल उलकले संकलन गरेका हुन्।

फोटो संकलक वुलकले आफूसँग नेपालका करिब ५० हजार पुराना फोटोहरु भएको बताउँदै ती फोटोहरु कुन ठाउँको हो त्यही गएर प्रदर्शन गरिने जानकारी दिए।

– डिसी नेपालबाट

Share.

Comments are closed.

error: Content is protected !!