७० वर्षीय महिला गर्भवती भएको समाचारले डाक्टर परे छक्क, यस्तो सत्यको खुलाशा

0

एजेन्सी। ७० वर्षको उमेरमा मानिस हिडडुल गर्न पनि नसक्ने हुन्छ। तर एक ७० वर्षीय महिलाले आफु ६ महिनाको गर्भवती भएको बताएकी छिन्। मेक्सिकोको सिनालोआमा बस्दै आएकी मारिया डी लालूसले आफु गर्भवती भएको भन्दै सोनोग्राफी रिपोर्ट्स पनि मिडियामा सार्वजनिक गरेकी छिन्। अहिले सम्म उनी ७ जना बच्चाकि आमा भइसकेकी छिन्। डाक्टर मारियाको रिपोर्ट देखेर छक्क परेका छन्।

मारियाको भनाई अनुसार उनलाई खुट्टा दुख्ने समस्या भइरहेको छ। बारम्बार भोमिट पनि भैरहेको छ। गर्भवती हुँदा जस्तो लक्षण देखा पर्छ उनलाई त्यस्तै भैरहेको छ। अहिले सम्म उनले १० चोटी फरक फरक ठाउँमा सोनोग्राफी गराईसकेकी छिन्। र डाक्टर पनि उनी गर्भवती भएको रिपोर्ट देखेर छक्क परेका छन्। डाक्टरको भनाई अनुसार उनी छिट्टै एक बच्चाको आमा बन्दै छिन्।

यदि मारियाले यो पटक बच्चा जन्माइन् भने उनी संसार भरिकै धेरै उमेर भएकी दोस्रो आमाको रुपमा चिनिने छिन्। यो भन्दा आघ पनि एक पन्जाबकि दलजिंदर कौरले २०१६ मा ७० वर्षकै उमेरमा एक बच्चा जन्माएकी थिइन्। तर उनी कुनै फर्टीलाइजेशन टेक्निकका कारण गर्भवती भएकी थिईन्।

मैक्सिकोको ७० वर्षीय मारिया डी लालूसले उनी गर्भवती भएको कारणको भने जानकारी दिएकि छैनन्। उनले आफु कसरि गर्भवती भएको हो भन्ने विषयमा खुलाशा गरेकी छैनन्। उनले पनि कुनै फर्टीलाइजेशन टेक्निकको साहारा लिएर गर्भवती भएको हो कि भन्ने कुरा भने अझै स्पष्ट भैसकेको छैन।

डाक्टरको भनाई अनुसार यदि उनले बच्चा जन्म दिन्छीन् भने सिजेरियन टेक्निकको साहारा लिनु पर्दछ। नत्र भने उनको ज्यानमा खतरा हुनसक्छ।

Share.

Comments are closed.

error: Content is protected !!