७० काट्दा समेत सत्ताको मरिहत्ते गर्ने नेताहरुले जनतालाई ६५ बर्षमै वृद्ध देखेपछि,  हेर्नुहोस् कुन नेताले कति पाउँछन् भत्ता ? (भिडियो सहित)

0

काठमाडौँ, १३ माघ : शेरबहादुर देउवाको कामचलाउ सरकारले वृद्धभत्ताको उमेर घटाएर ६५ बर्षमा झारेको छ । बिगतमा ७० बर्ष कायम भएको निर्णयलाई कांग्रेसले घटाएको हो, यसको सर्वत्र बिरोध भईरहेको छ । नेकपा एमालेले यो निर्णयलाई उल्ट्याउने समेत जनाउ दिईसकेको छ।

नेपाली जनतालाई ६५ बर्षमै बुढो भएको जनाउदै भत्ता दिन थाल्ने सोच बनाएका देउवा आफै भने ७१ बर्ष काटेका छन् । ७० बर्षकै उमेरहदमा समेत उनी वृद्धभत्ताको लागी योग्य भएका छन् भने अब ६५ बर्ष उमेर कायम हुँदा नेपालका धेरै नेता वृद्धभत्ताको दाबेदार भएका छन् ।

जनतालाई ६५ बर्षमा वृद्ध देख्ने नेताहरुले आफू ७० काट्दा समेत सत्ताको लागी सकृय हुदैं आएका छन् । जनताको उमेरहद ६५ बर्ष तोकिदा नेताहरुको कुनै उमेरको हकबन्दी किन छैन ? नेपालका कुन कुन नेताले वृद्धभत्ता पाउँछन् हेरौं यो स्पेशल रिपोर्ट ।

हेर्नुहोस् भिडियो : 

Share.

Comments are closed.

error: Content is protected !!