३३ किलो सुन प्रकरण : डिएसपी प्रजित केसीलाई रिहा गर्न आदेश

0

विराटनगर, भदौ ३१ । ३३ किलो सुन प्रकरणमा थुनामा रहेका निलम्वित डिएसपी प्रजित केसीलाई रिहा गर्न उच्च अदालतले आदेश दिएको छ । जिल्ला अदालत मोरङको आदेश उल्टाउँदै उच्च अदालत विराटनगरले आज डिएसपी केशीलाई रिहा गर्न आदेश दिएको हो । न्यायाधीश उमेशराज पौडेल र उमेशकुमार सिंहको इजलासले डिएसपी केसीलाई साधारण तारेखमा छोड्न आदेश दिएको रजिष्ट्रार नारायणप्रसाद रेग्मीले जानकारी दिए ।

केसीलाई सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा राखिएको छ । उच्च अदालतले गत शुक्रबार सुन प्रकरणमा थुनामा रहेका एसएसपी दिवेश लोहनीलाई पनि रिहा गर्न आदेश दिएको थियो ।

Share.

Comments are closed.

error: Content is protected !!