३३ किलो सुन प्रकरण: गृह मन्त्रालयको प्रस्तावमा छानबिन समितिको म्याद २५ दिन थप

0

काठमाडौं, जेठ ७: मन्त्रिपरिषद्को बैठकले साढे ३३ केजी सुन गायब एबम सनम शाक्य हत्याको विषय छानबिन गर्न गठित समितिको म्याद थप गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा समितिको म्याद २५ दिन थप गरेको हो ।

गृहमन्त्री रामबहादुर थापासहितले गृह सहसचिव ईश्वर पौडेलको नेतृत्वमा रहेको समितिको म्याद थप गर्नुपर्ने निष्कर्ष निकाल्दै रायसहितको प्रस्ताव मन्त्रिपरिषद् पठाएका थिए ।

२०७४ चैत १९ गते गठन भएको समितिलाई यसअघि ४५ दिनको कार्यादेश दिएको थियो। यो समय शनिबार मध्यरातदेखि सकिएको थियो। यो बीचमा समितिले साढे ३३ केजी सुन प्रकरणसँग जोडिएका प्रहरीसहित ३० जना पक्राउ गरी बयान लिइसकेको छ । मुख्य अभियुक्त भनिएका ‘गाेरे’ भने अहिलेसम्म फरार छ ।

पक्राउ परेकासहित ६३ जनाविरुद्ध अदालतमा मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालय मोरङलाई सिफारिस गरेको थियो। उनीहरूको मुद्दामा मोरङ जिल्ला अदालतमा थुनछेक बहस जारी छ ।

महानगरीय अपराध महाशाखाले फागुन १९ मा सनम शाक्यको शब विराटनगरमा बरामद गरेपछि उनको हत्या सुन तस्कर समूहबाट भएको खुलेको थियो ।

Share.

Comments are closed.

error: Content is protected !!