३३ किलो सुन प्रकरणमा मुछिएका सेकुवाका साहु-साहुनी सुइँकुच्चा

0

काठमाडौं, जेठ ९: बहुचर्चित ३३ किलो सुन प्रकरणमा मुख्य कारोबारी मानिएका गोरे भनिने चूडामणि उप्रेतीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

उनैले हराएको सुन खोज्न भरिया सुनम शाक्यलाई यातना दिएको भिडियो रेकर्ड हेरेपछि हाल परार रहेका बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारी र उनकी पतनीविरुद्ध रेड कर्नर नोटिस जारी गर्ने तयारी शुरु भएको छ ।

चूडामणिचाहिँ केही दिनयता भारतीय भूमिबाट प्रहरी सम्पर्कमा आई इन्काउन्टरमा नपर्ने ग्यारेन्टीसहित हात उठाएका हुन् । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

उनले सम्पर्कमा आएका प्रहरीसँग हाल पक्राउ परी मोरङ जिल्ला अदालतमा थुनछेक बहस चलिरहेका आरोपी बारे सुनुवाई भएलगत्तै आत्मसमर्पण गर्ने सोँच सुनाएका थिए ।

तर, भेटिसकेका अभियुक्र प्रहरीले किन छाड्थ्यो र ? प्रहरीले अप्ठेरा मामिलाका कसुरदार पक्राउ गर्दा प्रमाणको अभाव हुने, उच्च राजनीतिक दबाब आउने र थेग्न नसकिने दबाब झेल्नुको सट्टा जवाफी कारबाहीमा मारिएको प्रतिवेदन दिने क्रम पछिल्लो समयमा बढेको छ ।

Share.

Comments are closed.

error: Content is protected !!