२ लाख मुल्य बरावरको अबैध सामान बरामद

0

रबिन्द्र बराल / रंगेली, १४ माघ: अबैध रुपमा भन्सार छलेर नेपाल भित्रयाएको करिव २ लाख मुल्य बरावरको अबैध सामान बरामद गरी सार्वजनिक गरेको छ ।माेरङकाे रंगेली चोप्राह नाका बाट अबैध रुपमा साइकलमा भन्सार छलेर नेपाल भित्रयाएको रेडीमेट कपडा, सिमेन्ट,धान, बिऊ सहित सो मुल्य बरावरको सामान प्रहरीले बरामद गरी सार्वजनिक छ ।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक संजिवबाबु खड्काका अनुसार प्रहरीको विषेश टोलीले भारतबाट ल्याउदै गरेको अवस्थामा सो सामान बरामद गरेको बताउनु भयो । उक्त बरामद गरेको सामान विराटनगर भन्सार कार्यालयमा बुझाउने प्रहरीले जनाएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!