२२ डीआईजीको पदस्थापन र सरुवा, विशेष ब्यूरोमा पिताम्बर अधिकारी, केन्द्रीय अनुसन्धान ब्यूरोमा खड्का

0

काठमाडौं : २२ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुको पदस्थापन तथा सरुवा गरिएको छ। एसएसपीबाट डीआईजीमा बढुवा हुनेहरुमा केदार रिजाल, शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, दीपककुमार थापा, दीपक अमात्य, नारायणसिंह खड्का, रवीन्द्रप्रसाद शर्मा, कमलबहादुर जीटी, महेन्द्रकुमार पोखरेल, महेशविक्रम शाह, प्रेम चन्द, श्याम खड्का, दानसिंह बोहरा, सुशीलकुमार भण्डारी, रामप्रसाद श्रेष्ठ र सुरज केसी रहेका थिए ।

यसैबीच, गृहमन्त्रालयले गरेको डीआईजीहरुको सरुवा तथा पदस्थापनानुसार महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा डीआईजी मनोज नेउपानेलाई पठाइएको छ । नेउपानेले यसअघि प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका थिए । नेपाल प्रहरीको महत्वपूर्ण अंग मानिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र विशेष ब्यूरोमा क्रमशः डीआईजीद्धय नारायणसिंह खड्का र पिताम्बर अधिकारीलाई पदस्थापन गरिएको छ ।

दुवै अंग निकै महत्वपूर्ण र विशेष मानिन्छन् भने सो पदमा प्राय आईजीपी निकटस्थ व्यक्तिलाई राख्ने गरिन्छ । डीआईजीद्धय खड्का र अधिकारी दुवै क्षमतावान अधिकृतका रुपमा गनिन्छन् । पछिल्लो समय सुन तस्करीका कारण बदनाम बनेको त्रिभुवन बिमानस्थलको सुरक्षा प्रमुखमा कमल जिटीलाई पठाईएको छ ।

सीआईबीका प्रमुख पुष्कर कार्कीलाई एकेडेमी, कार्य विभागमा छविलाल जोशी, अ.अ. विभागमा धिरु बस्न्यात र मानवस्रोतमा ज्ञानविक्रम शाहलाई पठाईएको छ । यस्तै प्रदेश -१ को प्रमुखमा केदार रिजाल, प्रदेश-२ मा दिनेश अमात्य, प्रदेश-३ मा दीपककुमार थापा, प्रदेश-४ मा दानसिंह बोहरा, प्रदेश-५ मा शेरबहादुर बस्नेतलाई पदस्थापन गरेको छ । यस्तै प्रदेश-६ मा सुरेशविक्रम शाह र प्रदेश-७ मा शरद चन्दले जिम्मेवारी पाएका छन् ।

Share.

Comments are closed.

error: Content is protected !!