२०० जनाको क्यारिकेचर गर्ने युवा, यसरि निकाले जिग्री, बले देखि मोदीको दुरुस्तै आवाज [भिडियो सहित]

0

इटहरी, २९ भदौ : भनिन्छ भगवानले सबैलाई एउटा इश्वरीय बरदान दिएको हुन्छ । विश्वमा धेरै प्रकारका मान्छेहरु भेटिन्छन र देखिन्छन पनि, अनि ति व्यक्तिहरुको आ-आफ्नै प्रतिभा हुन्छ । तेह्रथुम घर भइ हाल मोरङको बलियामा बस्दै आएका नबिन दुलाल अहिले जुत्ता फ्याक्ट्रीमा कटिङ्गको काम गर्छन । उनि विभिन्न हास्यकलाकार, नेता, नेपाली चलचित्र उधोगका प्रख्यात कलाकारहरु, बलिउड कलाकारहरु र नेपाली गायकहरुको पनि गीत गाएर हुबहु क्यारिकेचर गर्छन । हेर्नुस नबिन दुलालसँग गरिएको रमाइलो भिडियो अन्तरबार्ता

कोहि पर्दा अगाडी आफ्नो प्रतिभा देखाउछन भने कोहि आफुसँग भएको प्रतिभा हुँदाहुँदै पनि विभिन्न कारण ओझेलमा परेका हुन्छन । अहिले विभिन्न युट्युब च्यानल मार्फत लुकेर रहेको प्रतिभालाइ सार्बजनिक गर्ने ट्रेन्ड निकै चलिरहेको छ । नबिन दुलालसँग २०० जनाको क्यारिकेचर गर्न सक्ने क्षमता छ । एउटा सामान्य मान्छेले २०० जनाको स्वर निकाल्नु भनेको कुनै चानचुने कुरा भने पक्कै होइन ।

निरन्तरको अभ्यास पछि यति धेरै जनाको क्यारिकेचर गर्न सफल भएको नबिन बताउछन । पहिला दोबाटे हास्य सिरियलमा समेत काम गरिसकेका उनि अहिले हास्य टेलिसिरियल भद्र्गोलमा अवसर पाएमा काम गर्ने बताउछन । विभिन्न गितलाइ गायकहरुकै स्वरमा गाउने खुबी भएका नबिन हुबहुसहित क्यारिकेचर गर्छन ।

Share.

Comments are closed.

error: Content is protected !!