१ करोड पारिश्रमिक लिने साउथका सुपरस्टार कमेडियन ब्रह्मानन्दमको यस्तो छ जीवनी

0

एजेन्सी : अमिताभ बच्चन अभिनित सूर्यवंशम रिलिज भएको १८ वर्ष पुरा भएको छ । यो फिल्म जति अमिताभको लागि महत्वपूर्ण थियो । त्यो भन्दा बढि दक्षिण भारतीय कमेडियन ब्रह्मानन्दमको लागि महत्वपूर्ण भयो । किनकी उनलाई यो फिल्मबाटै दर्शकको साथ मिलेको थियो ।

यो फिल्ममा ब्रह्मानन्दमको रोल छोटो थियो । तर त्यही छोटो रोलले आज उनलाई कमेडियन स्टार बनाइदिएको छ । एउटा छोटो भूमिकामा देखा परेका ब्रह्मानन्दमले आज आएर एउटा फिल्ममा अभिनय गरेको एक करोड पारिश्रमिक लिने गरेका छन् । हालसम्म उनले हजार भन्दा बढि फिल्ममा अभिनय गरिसकेका छन् । ६१ वर्षका ब्रह्मानन्दम मात्र यस्तो व्यक्ति हुन जसले दक्षिण भारतमा बन्ने हरेक दुई फिल्म मध्ये एकमा अभिनय गरेकै हुन्छन् ।

उनको जन्म १ फेब्रुअरी १९५६मा आन्ध्रप्रदेशको साटेनापल्ली जिल्लाको मुपल्ला गाउँमा भएको थियो । उनको परिवार निकै गरीब थियो । तर पनि उनले एमए सम्मको अध्ययन गरे । त्यसपछि उनले एक तेलुगु प्राध्यापक भएर अत्तिल्ली कलेजमा काम गर्न थाले । उनी मातापिताको आठौँ मध्ये सातौँ सन्तान हुन् । उनको नाम गिनिज बुकमा पनि दर्ता भएको छ । उनले २००७ मा एकै भाषामा ७ सय वटा फिल्ममा अभिनय गरेको रेकर्ड गिनिज बुकमा लेखाएका छन् ।

Share.

Comments are closed.

error: Content is protected !!