१२ सय किलोमिटर लामो मदन भण्डारी राजमार्ग बनाउने ओली सरकारको निर्णय

0

काठमाडौं, ७ जेठ: सरकारले १२ सय किलोमिटर लामो मदन भण्डारी राजमार्ग बनाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले चुरे तथा भित्रि मधेसका उपत्यका जोड्ने राजमार्ग बनाउने निर्णय गरेको हो।

१२ सय किलोमिटर लामो यो राजमार्गलाई झापाको शान्तिनगरदेखि डडेलधुराको रुपाल सम्म जोड्ने प्रस्ताव गरिएको छ । यो राजमार्ग पूर्व पश्चिम राजमार्ग र मध्यपहाडी लोकमार्गको बीचबाट भित्रि मधेसका उपत्यकाहरुलाई जोड्ने गरी बनाउने प्रस्ताव गरिएको छ ।

मदन भण्डारी राजमार्गको नाममा निर्माण प्रस्ताव गरिएको यो राजमार्ग झापाको शान्तिनगरदेखि धरान, चतरा, गाईघाट, कटारी, सिन्धुलीमाडी, हेटौडा, गैंडाकोट, रामपुर, राम्दी, रिडी, तम्घास, सिमलटारी, प्युठान, तुल्सीपुर, बोटेचौर, सुर्खेत, बर्दीचौर, सिमचौर, विपीनगर, सहजपुर, बुडर, जोगबुढा र रुपालसम्म पुग्नेछ ।

Share.

Comments are closed.

error: Content is protected !!