१० वर्ष पछि आफ्नै लगानीमा इमरान हाशमी फेरी दोराउदैछन् ‘जन्नत’, यी हुनेछन् निर्देशक

0

एजेन्सी। १० वर्ष अघिको इमरान हाशमीको एकदम सुपरहिट फिल्म ‘जन्नत’ त सबैलाई याद छदै नै छ। यहीँ फिल्मले इमरान हाशमीलाई रातारात स्टार बनेका थिए । १० वर्ष पछिको ‘जन्नत’ फिल्म रिलिज भएपछि फेरी इमरान हाशमी र निर्देशक कुणाल देशमुख एकसाथ काम गर्ने भएका छन्।

इमरान र कुणालले यो भन्दा अघि पनि ‘तुम मिले’, ‘जन्नत 2’ र ‘राजा नटवरलाल’ मा एकै साथ काम गरीसकेका छन्। उक्त फिल्महरुले बक्सअफिसमा पनि राम्रै कमाइ गरेको थियो। यहिँ सफलताका कारण उनीहरु फेरी एकपटक सँगै काम गर्दैछन्। एक गोप्य सुत्रको अनुसार ‘४ सालदेखि कुणाल र इमरान कुनै फिल्ममा एकैसाथ देखिएका छैनन्। किनकि उनीहरु एक राम्रो कथाको पर्खाइमा थिए। अहिले भने उनीहरु दुवैलाई चित्त बुझ्दो कथा भएकोले यी दुवै सँगै काम गर्दैछन्।

अहिले बन्दै गरेको फिल्म भने एन.आर पचिसिया र इमरान हाशमी निर्माण गर्दै छन्। उक्त फिल्म राष्ट्रीय पुरस्कार विजेता लेखक श्रीधर राघवनले लेखेका हुन्। फिल्मको विषयमा बोल्दै कुणाल देशमुखले भने, ‘म बाचा गर्छु कि यो फिल्मले तपाईलाई हलमा बोर गराउने छैन।

Share.

Comments are closed.

error: Content is protected !!