ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा कारोबार भइरहेको छ हेर्नुहोस

0

काठमाडौं, २९ भदौ : आज साताको अन्तिम शुक्रबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ ।

हिजो बिहीबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार २०० रुपैयाँमा र तेजावी सुन प्रतितोला ५७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने आज दुई सय रुपैयाँले घटेर प्रतितोला क्रमश ५८ हजार र ५७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, आज शुक्रबार चाँदीको मूल्यमा पनि पाँच रुपैयाँले घटेको छ । हिजो बिहीबार प्रतितोला ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर प्रतितोला ७१५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

Share.

Comments are closed.

error: Content is protected !!