ह्वात्तै घट्यो सुनको मूल्य

0

 भक्तपुर : साताको पहिलो दिन अर्थात आइतबार ह्वात्तै घटेको छ। शुक्रबार ५८ हजार रुपैंया प्रतितोलामा किनबेच भएको छापावाला सुन आज ५७ हजार ६ सय रुपैंया कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

शुक्रबार तेजावी सुन प्रतितोला ५७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि घटेर सुन प्रतितोला ५७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, आइतबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । शुक्रबार बजारमा चाँदी प्रतितोला मूल्य ७१५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि घटेर चाँदी प्रतितोला ७१० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

Share.

Comments are closed.

error: Content is protected !!