ह्यारी केनको ह्याट्रिकमा टोटनह्यामको शानदार जित

0

पुस ९, ह्यारी केनको कीर्तिमानी प्रदर्शनसँगै टोटनह्यामले इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा महत्वपूर्ण जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा माउरिसिओ पोकेटिनाको टिम टोटनह्यामले बर्नलीलाई ३–० ले हराएको हो र तीनै गोल केनले गरेका हुन् ।

सातौँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै केनले टोटनह्यामलाई सुरुवाति अग्रता दिलाए । पहिाले हाफमा १–० ले अघि रहेको टोटनह्यामका लागि दोस्रो हाफमा केनले थप दुई गोल गरे । ६९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारेका केनले त्यसको १० मिनेटपछि गोल गर्दै ह्याट्रिक पूरा गरे । ह्याड्रिकसँगै केनले एक वर्षमा प्रिमियर लिगमा सबैभन्दा धेरै गोल गर्ने एलन शिएररको कीर्तिमानसँग बराबरी गरेका छन् ।

शिएररले २२ वर्षअघि सन् १९९५ मा एक वर्षमा प्रिमियर लिगमा ३६ गोल गरेर कीर्तिमान बनाएका थिए । केनले बर्नलीसँगको खेलमा गरेको गोल प्रिमियर लिगमा सन् २०१७ मा गरेको उनको ३४ औँ, ३५ औँ र ३६ औँ गोल हो ।

केनको उत्कृष्ट प्रदर्शनसँगै जित निकालेको टोटनह्याम अंक तालिकाको पाँचौँ स्थानमा पनि उक्लिएको छ । टोटनह्यामको १९ खेलबाट ३४ अंक भएको छ । बर्नली ३२ अंकसहित सातौँ स्थानमा छ । खेलपछि बर्नलीका प्रशिक्षक शन डिचले केनले टोटनह्यामलाई राम्रोबाट वास्तवमै राम्रो टिम बनाएको भन्दै प्रशंसा गरेका थिए ।

Share.

Comments are closed.

error: Content is protected !!