हेला नगर नेपाललाई [बिचार]

0

-ड्यान परियार

बिदेसिएको ११ बर्ष लागेछ आफैलाई थाहा भएन। तातो चिसो मौसममा अनेकौ अप्ठ्यारा समस्यासंग झेल्दै युवा शक्ति मसौरा भिजाएर खाएजस्तै भयो, सोच्दै छू ”नेपाल अहिले जाउ वा नजाउ” सोच आउन लागिसक्यो जाउ कस्का लागी नजाउ किन नजाउ? मनमा ११ बर्ष को अबधिको पहिलो दिन देखिनै मनमा असार साउन को भेल झै भेल बगिरहेकोछ (जब एक्लै हुन्छु) ।

सोचेको थिए श्रम बेचेर पैसा कमाउछु, सुन्दर घर बनाउछु। हामि दुइ हाम्रा दुइलाइ अनुसाशित बनाएर उच्च शिक्षा दिनेछु। सपना सपना सपना मानै सिमित र राम्रो पनि हुदो रहेछ, अधिकांस नेपाली युवा र अर्धबैस भएका जनता सबैले आफ्नो सपनाको पोको पारेर संसारको कुनाकुनामा अनेकौ अप्ठ्यारो सामना गरिरहेका छन्।

त बाकि रहेका नेपालमा आफ्नो नाम काम-दामका लागि ब्यस्त हुने आत्माहरु परिवार समाज देश र आफ्नै लागि ढुङ्गो मुढो पनि नगरेका नहोलान यो आम नेपालीले सोच्ने पर्ने कुरा हो। मेरो मनको कुरा नजिक आएर आँखा र कानमा पार्न अलि सजिलो नभएको कारण आजको यो सजिलो माध्यामबाट एकसाथ सबैलाई संकेत गर्न मन लाग्यो ।

काउकुति लाग्दा खिता छोडेर हास्ने मानिस आज झ्या- झाई बाजा बजाए पनि रुने आखिर बेहुली पक्ष नै हुन् ” सत्य स्वीकार गर्नु पर्छ” बुझ्न सजिलो छैन कसैलाई बिषयलाई गम्भीर भएर सोच्ने हो भने उत्तर पुर्णबिराम हुन भन्दा पहिले नै पाइन्छ।

केहि यस्ता पाटा हरु छन् जसलाई मैले केलाउन लागे.. मन लाए पढ्दा सबैलाई फाइदा होला ।

परिचय मेरो
ड्यान परियार – दुबाईमा अस्थाई बसोबास ,टर्रो काम- न कसैलाई खुसि पार्न सक्ने न सन्तुस्ट मिल्ने हाहा! पढाई-अनपढ, भनेको लेख्न पढ्न आउछ काम चलाउ तोतेतोते गर्दै सिकेको मातृ भाषा सहित अन्य ४-५ भाषा जान्या छु । मन ले भन्छ सबैसंग राम्रो हुने नराम्रोसंग संगत नगर्ने भन्दा पनि आवश्यकताले पर्दो रहेछ।

कमाइ- देशमा रहेका आफन्त सहित घर परिवारका सदस्यहरुको माग पुरा गर्न दिन रातको श्रमले काटकुट हातालाए शुन्य! दसक पुरा हुदा पनि अत्यावश्यक सम्पर्क गर्नपर्दा टेलिफोनमा बचत कति छ सोचेर जाँच गर्नुपर्छ। म निकै जान्ने छू भनेर घमण्ड त आउछ तर आफुभन्दा धेरै जान्ने अगाडी परे। तेही त हो… तैइ चुप मै चुप- गुपचुप हाहा!

आँखामा लोभ र पाप, मनमा सन्तुष्टको छाप , दिमागमा चाप, सजिलै आउछन- जान्छन पनि। पहिलो औपचारिक भेटमा संसारका नचिनेका मानिस झुक्किदा रहेछन। आफ्नै छिमेकी पनि.. तँ गाउले गोर्खाली हैनस भन्न पछि पर्दैनन्।

धर्म – मानवताको बोकेको छु, सहयोग सबैलाई गर्छु। कर्म अलि खराब छ दोहोराउन त भगवानलाई पनि गाह्रो हुदोरहेछ। जसले जे भने पनि म आखिर रुपाकोट गाबिस वडा ५ मा पिता-माता स्व. सुक ब. र लिला वती परियार(दर्जी) को सातौ गर्भ को आठौ सन्तान! बेलैमा बुद्धि आएछ ४-५ बर्षको उमेर हुँदा कास्कीको सात तालको बगैचा लेखनाथमा आएर बसेको पनि २५-२६ बर्ष हुन लाग्यो। उमेर हिसाब गर्नु औला भाचेर तलमाथि नहोला हाहा!

सानो उमेरमा:
मान्छे कसैले छ्टू, रंगीलो, बदमास, सहयोगी,टाठो रहेछ भन्ने गर्थे। आफैले मपाइ भन्दा के-के भन्लान भन्ने पिर ।

सुख:
सबैको जीवनमा छ तर समयलाइ कुरी बसौ त्यो दिन अवस्य आउछ हैन र ? , नाअतिनुन हो !! सोच फराकिलो पारौ।

दुख:
जन्मने भन्दा पहिले पिता-माता लाइ कति दिएउ ९-१० महिना सम्म मातालाइ जन्म लिने बेला झन् ठुलो। यदि आफैलाई परेको भए संझदा कति पटक आसु झारु भन्छ मन… र कति ति दिनहरु बाकि छन जिउनु पर्छ प्रतिष्पर्धामा भाग लिनुनै छ हैन र ।

अब भन्न खोज्या के ? गर्न खोज्या के ? है त:

पढेर के नै खेर जाने हो र ? समाजको सेवा नगर्ने मानिस कमै हुनुहोला समाजमा नमिल्ने मानिस पनि कमै हुनुहोला, जे जस्तो भए पनि हामी यसै समाजमा बसोबास गरेका छौ ” आखिर जाने कहाँ?”

मैले एक सोच धेरै पहिला बनाएको थिए र देशलाइ संसारमा सजिलैसंग चिनाउने तर सम्भव कहिँ कतैबाट नदेखिने ! के होला तेस्तो भनेर सोच्न नपाउदै भनि हालौ क्यारे!

तल पढौ:

– नेपाल बन्द नगरौ (राजनीतिमा लागेको हो क्या भनेर नसोचु)
– जातिय विवाद केका लागि अब निर्मुल पार्ने कसरी ?
– युवा युवतीलाइ विदेश हैन देशमा रोजगारी !
– सबै नेपाली जनता मिलेर (जनता भनेर नेता, राजा , मन्त्रि, रास्ट्रपति, कलाकार सबै पर्नुहुन्छ नि ) नेपालमा यस्तो चिज बनाउ जुन कृत्रिम बस्तु होस्। जुन संसारको ठुलो संसारमा सबैलाई चिनाउन र बुझाउन सजिलो होस् त्यो चिज बनाउने र संसार भरका अधिकांश मानिसको आँखा र कान सम्म पुराउने। यो लेखको अन्तिम तिर एक हरफ लेखुला!

अब यस्ता सोच त सबैका होलान हुनु स्वाभाविक पनि हो , तर हामीलाई साथ् र समर्थन नै छैन, अनि यस्ता चिज सोच्नु भन्दा भन्ने आम नागरिकको मस्तिष्कमा बसेको छ ।

त्यसैले सम्झना आयो ति बिर सहिद -बिभुतिहरु जसले नेपाल बनाएका थिए । नेपाललाइ सानो टुक्रा किन नहोस चिनाएका थिए। स्व.बलभद्र, स्व.धर्मभक्त, स्व.भिमसेन थापा, १० बर्षे जनआन्दोलन का बिर सहिद हरु, (सबैका नाम तपाईहरुले सुन्नु नै भएको होला) सीता दिदि, श्री ५ बडा पृथ्बी बा, राजा श्री ५ बहादुर शाह आदि (सुनेका राजा है) स्व. बिरेन्द्र बा , ज्ञानेन्द्र बा, अनीहरुले आफ्नै छबि बनाएका थिए (आजकल एकादेश को कथा पढ्न पाइन्छ)।

कलाकारहरु – राजेश हमाल दाई, युबराज लामा दाई, भुवन केसी दाई, राजेन्द्र खड्की, हसिलो मुहार भएका स्व श्रीकृष्ण दाई, श्री मह जोडी, नारायण पुरी, श्री निर शाह बा, रेखा दिदि र उनैका पूर्व पति छबि दाई, बिनिता बराल, सुष्मा कार्की, निशा अधिकारी, दयाहाङ्ग राइ, राजु लामा, कुन्ती मोक्तान, धिरज राइ, स्व. नारायण गोपाल बा, सिन्धु मल्ल, सर्मिला गुरुङ, राजु परियार, प्रजापति पराजुली दाई सुन्तली र धुर्मुश, जितु नेपाल, सन्तोष पन्त बा, रमा थपलिया, कोमल ओली, नारद खतिओडा , स्व.यम बुद्ध लगायत अन्य।

पत्रकार – ऋषि धमला, प्रेम बानिया, रवी लामिछाने ।

खेलाडीहरु – गणेश थापा, बिनोद दाश, पारश खड्का, सरद भेष्वाकर, शक्ति गौचन, सन्दीप लामिछाने।

नेता महोदय (सम्मान गर्ने पर्ने होला**) – कमरेड बाबुराम , कमरेड प्रचण्ड, कमरेड केपी ओली , कमरेड माधब कुमार नेपाल, स्व. गिरिजा बा, स्व. कृष्ण प्रशाद भट्टराई, स्व. बिपी कोइराला, प्रथम रास्ट्रपति श्री राम वरण यादव, श्रीमती बिद्या देबी भण्डारी, आदि ।

र अन्य पेशा र कर्म मा लागेका उच्च व्यक्ति हरु – श्री भावना धिमिरे , श्री पूर्ण लामा, स्व. पण्डित नारायण पोख्रेल, खिलराज रेग्मी, रुक्मान्गक कटुवाल, स्व. पाशंग ल्यामु शेर्पा,स्व. तेञ्जिङ्ग नोर्गे शेर्पा, अंग छिरिङ्ग शेर्पा, गगन थापा, यस पी खरेल, करिश्मा मानन्धर, सोभित बस्नेत, रामकृष्ण ढकाल, मनिषा कोइराला, निरुता सिं, चक्रे मिलन, राम बहादुर बोमजन, आदित्य दाहाल, हरि खड्का, मिलन गुरुङ्ग, सोमपाल कामी, चन्द्र बहादुर डाँगी, महबुब आलम, अर्जुन कौशल, शंकर बिसी, स्व.महाकबि लक्ष्मी प्रसाद देबकोटा, स्व.कबि सिरोमणि लेखनाथ पौडेल, डा उपेन्द्र देबकोटा लगाएत धेरै नेपाली दाजुभाई – दिदिबहिनि,आमा, भाउजु सबैको समान सहायताले बनेको नेपाल आज पनि कहिँ न कहिँ संसारको तुलना मा कमजोर साबित भएको आम नेपालि ले आभास गरेका छन्।

न समाधान को बाटो हेरिन्छ न त कसैले आएर ल गर र खा भन्छन, म जस्ता कयौं नेपाली हरुको मन कस्तो होला जब तेरो देश मा के छ भनेर सोध्दा ? उत्तर स्पष्ट छ मैले भन्दै आएको कुरा सर्बोच्च शिखर सगरमाथा छ मेरो देशमा, महामानव गौतम बुद्ध जन्मस्थल छ मेरो देशमा, र अन्त्य मा संसारको सबै भन्दा फरक किसिमको राष्ट्रिय झण्डा छ भनेर गर्वका साथ् उत्तर दिंदा यो छाति नै बिशाल महसुस गरेको हुन्छु। त्यसैले मैले लामो समय देखी एक सोच बनाएको थिए जुन यस लेख मार्फत जानकारी गराउन चाहे यदि मन पर्दछ भने तपाइको बिचार खुल्ला राख्नु है।

हामि कस्ता है ? हासो लाग्छ क्या! छिमेकी का नयाँ वर्षमा रमाउन २-४ हप्ता पहिला नै तालिका मिलाउने हाम्रो नयाँ बर्ष आउन ४ दिन बाकि रहदा पनि सुनासानै ???? आउनुस जागौ नेपाली… आत्मासात गरौ एक थुकी सुकी हजार थुकी नदी।

भन्दै नया बर्षमा नयाँ काम अनि संसारलाइ चिनाउने मेरो यो सोच जस्तै तपाइको पनि होला। सक्षम नेपाली युवा नेपालको आवश्यक।

Share.

Comments are closed.

error: Content is protected !!