हुस्सु हटेपछि विमान उडान र अवतरण सुरु

0

पौष १०, काठमाडौं : हुस्सु कम भएपछि विमानको उडान र अवतरण अहिले सामान्य रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

हुस्सु लागेपछि सोमबार बिहान भिजिविलिटी १ सय मिटर मात्र हुँदा उडान र अवतरण हुन सकेको थिएन । देशका धेरै ठाउँमा अहिले पनि बाक्लो हुस्सु लागेको छ ।

यो हुस्सु दिउँसो हट्ने मौसमविद शान्ति कँडेलले बताउनुभयो । तर पानी वा हिउँ पर्ने संभावना भने नरहेको उहाँले जानकारी दिनुभयो ।

Share.

Comments are closed.

error: Content is protected !!