हास्यकलाकार निरुका श्रीमानको कुटपिटबाट कानको जाली फुटेको भनेकी कलाकार निरु खड्कालाई फेरि श्रीमानले कुटे

0

कलाकार निरु खड्काले कलाकारिता क्षेत्रमा लागेकै कारण पतिसँग बेलाबेला झगडा पर्ने गरेको बताउने गरेकी छिन् ।

पछिल्लो समय फेरि पनि पतिले कुटपिट गरेको बताएकी छिन् । उनले सो विषयलाई लुकाउन सकिनन् । निरुले पतिले आफूलाई कुटपिट गरेको स्वीकार गरेकी छिन् । कुटपिटको यो घटना नौलो भने होइन । उनीहरूका बीच बेलाबेला झगडा परेका कुराहरू आइरहन्छन् ।

झगडा कै कारण निरु र उनका पति नरोत्तम गौतमबीच पटक पटक डिभोर्ससम्म कुरा पुगी सकेको थियो । मेरी बास्सै, जिरे खुर्सानी जस्तो टेलिफिल्ममा अभिनय गरेकी निरु र उनका पति गौतमबीच धेरै पटक असमझदार हुँदा कुटपिटको घटना भएको बताइन्छ ।

त्यति मात्रै होइन झगडा पर्दा निरुले काठमाडौंमा रहेको दराज समेत फुटाउने गरेको स्वीकार गरेकी छिन् । लभ म्यारिज गरेकी निरुलाई छिमेकी र आमाको कुरा सुनेर हिंसा गर्ने गरेको आफन्तहरूको भनाइ छ ।

यो पनि पढ्नुहोस्

श्रीमानले कुट्दा चर्चित हाँस्यकलाकार निरु खड्काको कानको जाली फुट्यो, घटना एक्कासी यसरी बाहिरियो :

 

Share.

Comments are closed.

error: Content is protected !!