हात्ती भगाउन विछ्याइएको बिजुलीको तारले लियो हिलाको ज्यान

0

सुरुङ्गा, झापा, १७ चैत : झापाको हल्दिबारी गाउँपालिका – ३ निवासी ६० वर्षीया छविमाया खड्काको आज करेन्ट लागेर मृत्यु भएको छ ।

जंगली हात्ती भगाउन घरवरिपरि विछ्याइएको बिजुलीको नाङ्गो तारमा छुदा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

घर नजिकै बिहान मकै गोड्ने क्रममा उनलाई करेन्ट लागेको र घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रासस

Share.

Comments are closed.

error: Content is protected !!