हरिणको नौ किलो मासुसहित दुई युवक पक्राउ

0

झापा, ३ जेठ : कानुनी रुपमा प्रतिवन्ध लागइएको जंगली हरिणको नौ किलो मासुसहित दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिर्तामोड नगरपालिका ६ का २९ वर्षीय टेकबहादुर लावती र मेचीनगर नगरपालिका १३ का २१ वर्षीय सागर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको जिल्ला वन कार्यालय झापाले जनाएको छ।

लावतीको घरमा हरिणको मासु पकाउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा वन कार्यालय झापाबाट खटिएका टोलीले पक्राउ गरेको वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिए। अनुसन्धानको क्रममा उनीहरू हरिण बुट्टावारीको जंगलबाट सिकार गरेको खुलेको छ। पक्राउ परेका दुवै जनालाई कारवाहीका लागि वन कार्यालयको हिरासतमा राखिएको जनाइएको छ।

Share.

Comments are closed.

error: Content is protected !!