हनुमन्तेबाट नौ गाडी फोहोर संकलन

0

भक्तपुर, १७ चैत : भक्तपुरको हनुमन्ते नदी सरसफाइको पाँचौ हप्ता आज भक्तपुरको हनुमानघाट क्षेत्र सरसफाइ गरिएको छ ।भक्तपुरका इतिहासविद् एवं प्राध्यापक डा पुरुषोत्तमलोचन श्रेष्ठको अगुवाइमा आज भएको सरसफाइमा नौ गाडी फोहोर संकलन गरी सफाइ गरिएको छ ।

सफा भक्तपुर बनाउने अभियानअन्तर्गत प्रतिनिधिसभा सदस्य महेश बस्नेतले शुरु गर्नुभएको हुनमन्ते सरसफाइ अभियानलाई सूर्यविनायक नगरपालिकाले संयोजन गरिरहेको छ ।

भक्तपुरका चारवटै नगरपालिका एवं स्थानीय संघसंस्था र व्यक्तिहरुको सहभागिता रहेको सरसफाइमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापासहित नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, स्थानीय जनप्रतिनिधिको समेत उल्लेख्य सहभागिता थियो ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!