हजारौं रसियाली नाभाल्नीको उम्मेदवारीे पक्षमा

0

मस्को, रसिया, ९ पुस (रासस÷एएफ्पी) : रसियाली राष्ट्रपतिको आगामी मार्च महिनामा हुने निर्वाचनमा रसियाली प्रतिपक्षी नेता अलेक्सी नाभाल्नी वर्तमान् राष्ट्रपति भ्लादिमिर पुटिनसँग सामना गर्न सक्षम रहेको भन्दै उहाँको उम्मेदवारीका लागि आइतबार देशैभर समर्थनमा उत्रेका छन् ।

उनीहरूले ४१ बर्षीय आकर्षक वकील नाभाल्नीलाई रसियाका विभिन्न बीस शहरमा भेटी राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्नबाट नरोक्न निर्वाचन अधिकारीहरूमार्फत जिम्मेवार उच्च निकाय तथा अधिकारीलाई दवाव सिर्जना गरेका छन् ।

रसियाको राजधानीस्थित मस्को नदीमा टेन्टमा जम्मा भएका सयौँ समर्थककाबीच नाभाल्नीले भन्नुभयो, “म सम्पूर्ण रसियाको नेतृत्वका लागि राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिन यहाँ उभिइरहँदा निकै गौरवान्नित महशुस भएको छु । म निकै खुशी छु ।”

नाभाल्नीले उक्त समूहलाई सम्बोधन गर्दै भन्नुभयो, “हामी जीत हात पार्न तयार छौँ र जित्नेछौँ ।” रसियाको केन्द्रिय निर्वाचन आयोगका दुई अधिकारी पनि मस्कोमा भएको उक्त कार्यक्रममा उपस्थित रहेका, नाभाल्नीको अभियानका सदस्यले भने ।

Share.

Comments are closed.

error: Content is protected !!