हंगेरीमा आम निर्वाचन

0

बुडापेस्ट, हंगेरी, २५ चैत : संसद्का सदस्यहरुको चयनका लागि हङ्गेरीमा आइतबार आम निर्वाचन भइरहेको छ । हंगेरीको संसदमा १९९ जना सदस्य रहने व्यवस्था रहेको छ ।यो निर्वाचनपछि हंगेरीमा नयाँ प्रधानमन्त्रीको निर्वाचन हुनेछ । प्रधानमन्त्रीको निर्वाचनबाट फेरी पनि वर्तमान प्रधानमन्त्री भिक्टोर ओर्बान नै तेस्रो कार्यकालका लागि निर्वाचित हुने संभावना रहेको छ ।

हंगेरीमा आम निर्वाचनका लागि ८० लाख मतदाता रहेका छन् भने झण्डै दश हजार मतदान केन्द्र तोकिएका छन् ।स्थानीय समयअनुसार विहान ०६ बजेदेखि बेलुका ७ः०० बजेसम्म मतदानको समय निर्धारण गरिएको त्यहाँका अधिकारीले बताएका छन् ।निर्वाचनको प्रारम्भीक नजिता भने मध्यरातभन्दा अगाडि नै आइसक्ने निर्वाचन अधिकारीले अनुमान गरेका छन् ।

प्रधानमन्त्री ओर्बानको पार्टी फिडेज पार्टी र त्यससँग सहकार्य गरेको क्रिश्चियन डेमोक्र्याटिक पिपल्स पार्टीलाई नै सफलता मिल्ने सर्बेक्षणले देखाएका छन् । प्रधानमन्त्री ओर्बान सन् २०१० देखि शक्तिमा आउनु भएकोमा अव तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने निश्चित जस्तै भएको छ । शुक्रबार भएको अन्तिम चुनावी सभामा उहाँले मतदातालाई सम्बोधन गर्दै आपूmलाई साथ दिन आह्वान गर्नुभएको थियो । यसअघि सन् २०१४ मा भएको आम निर्वाचनमा ओर्बानको पार्टी फिडेजले कुल १३३ सिट सहित संसद्को दुई तिहाइभन्दा बढी हिस्सा ओगटेको थियो ।
-रासस÷सिन्ह्वा

Share.

Comments are closed.

error: Content is protected !!