स्वास्थ्य संस्थालाई सामग्री हस्तान्तरण

0

मलेखु, धादिङ, १२ माघ (रासस) : जिल्लाका पाँच स्वास्थ्य संस्थालाई आज चिकित्सा उपकरण हस्तान्तरण गरिएको छ । विकलाङ्ग मित्र समूहद्वारा सञ्चालित अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र काभ्रेपलाञ्चोकले सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र, सल्यानकोट, रि, खाल्टे र तसर्पु स्वास्थ्यचौकीलाई आवश्यक फर्निचर पनि सहयोग गरेको छ ।

केन्द्रका निर्देशक विकासमान सिंहले जिल्ला समन्वय समितिका प्रमुख र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेश्वर श्रेष्ठमार्फत सामग्री हस्तान्तरण गरिएको थियो । सो सामग्री करिब रु ३४ लाख ८९ हजार बराबरको छ । जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले नागरिकको स्वास्थ्यका लागि इमान्दारपूर्वक काम गर्न स्वास्थ्य संस्थाका प्रमुखलाई आग्रह गर्नुभयो ।

Share.

Comments are closed.

error: Content is protected !!