स्वयम्भू स्तुपा नजिकै पार्किङमा राखिएको गाडीभित्र शव फेला

0

भदौ २१, काठमाडौं : राजधानीको स्वयम्भु हाईटमा पार्किङ गरेर राखिएको गाडीभित्र शव फेला परेको छ । स्वयम्भु मन्दिरको पैसा फाल्ने स्थानभन्दा तल पार्किङ गरिराखेको अवस्थामा प्राईभेट कारमा शव फेला परेको बताईएको छ ।

स्वयम्भू स्तुपा नजिकै पार्किङमा राखिएको बा ८ च ७०२१ नम्बरको कारभित्र काठमाडौंको नैकाप बस्ने ३२ बर्षीय स्याम श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कारको सबै झ्यालढोका बन्द रहेको अवस्थामा शव भेटिएको हो । भित्रबाट रगत बगिरहेको अवस्थामा गाडी फेला परेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!