‘स्टूडेन्ट अफ द ईयर २’ को नयाँ पोस्टरमा यस्तो देखिए टाइगर श्राफ

0

माघ १४, करण जौहरद्वारा निर्देशित फिल्म ‘स्टूडेन्ट अफ द ईयर’ ले बलिउड बक्स अफिसमा राम्रो दर्शक पाएको थियो । करणले यसै सुपर हिट फिल्मको दोस्रो भाग निर्माण गर्ने घोषणा गरे पछि सुरुवाती दिनमा फिल्म नबन्ने हल्ला पनि फैलिएको थियो ।

तर गत वर्ष करणले फिल्मको फस्र्ट लुक रिलीज गरेसँगै ती हल्लाहरु हल्लामै सिमित भएका थिए ।

हालै करणले सोशल मिडियाका माध्यमबाट यो फिल्म यसै वर्ष नोभेम्बर २३ मा रिलीज हुने जानकारी दिएका छन् । उनले जानकारीका साथ–साथै फिल्मको नयाँ पोस्टर पनि रिलीज गरेका

छन् । फस्र्ट लुकमा जस्तै पछिल्लो पोस्टरमा पनि फिल्मका अभिनेता टाइगर श्राफ सिक्स प्याक प्रदर्शन गरिरहेको देखिएका छन् । करणले फिल्म निर्देशनको जिम्मा पुनीत मल्होत्रालाई सुम्पेका छन् ।

Share.

Comments are closed.

error: Content is protected !!