सेती नदीले बगाएर एकको मृत्यु, अर्का एक बेपत्ता

0

दमौली, तनहुँ, ९ जेठ : सेती नदीले बगाएर आज एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा व्यास नगरपालिका– ५ कन्टार बस्ने ७३ वर्षीय भीमबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घरबाट नुहाउन जान्छु भनी हिँडेका विकको नदीले बगाएर मृत्यु भएको हो । विकको शव बिसघरेको गुम्बा नजिकै तैरिएको अवस्थामा भेटिएको थियो ।

यसैगरी, व्यास नगरपालिका– १३ बेलवासस्थित न्यूरोघारी नजिकैबाट आज सेती नदीमा खसेर एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा २७ वर्षीय मीनबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । ढँुंगामा बसेर बल्छी खेल्दै गरेका गुरुङ एक्कासी खसेर सेती नदीमा बेपत्ता भएका हुन् । बेपत्ता हुने ती युवकको खोजी भइरहेको छ । रासस

Share.

Comments are closed.

error: Content is protected !!