सुशान्त सिंह राजपुतकी प्रेमिका कृति सेननले किनिन ८० लाखको कार !

0

माघ १४, अभिनेता सुशान्त सिंह राजपुतकी प्रेमिका अभिनेत्री कृति सेननले नयाँ कार किनेकी छिन् । उनले हालै अडिक्यु ७ कार किनेकी हुन्, जसको मूल्य ८० लाख भारु बताइएको छ ।

सन् २०१४ को ‘हिरोपन्ती’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी कृतिले प्रतिफिल्म सवा तीन करोड पारिश्रमिक लिने गरेको बताइन्छ । हिरोपन्तीपछि उनी शाहरुख खान, काजोल र वरुण धवनका साथ ‘दिलवाले’ फिल्ममा देखापरिन् ।

कृति सन् २०१७ मा सुशान्तका साथ ‘राब्ता’ र आयुष्मान खुरानाका साथ ‘बरेलीकी बर्फी’मा अभिनय गरेकी थिइन् । तेलेगु फिल्मबाट अभिनय यात्रा सुरु गरेकी कृति बलिउडमा करिअर चम्काउने धुनमा छिन् ।

Share.

Comments are closed.

error: Content is protected !!