सुन प्रकरणका मुख्य नाइके गोरेलाई मोरङ जिल्ला अदालतमा पेश गरियो

0

काठमाडौं: साढे ३३ किलो सुन प्रकरणका मुख्य नाइके भनिएका चुडामणि उप्रेती उर्फ गोरेलाई मोरङ जिल्ला अदालतमा पेश गरिएको छ । गोरेसहित यस प्रकरणमा संलग्नहरूविरुद्धको मुद्दा मोरङ जिल्ला अदालतमा विचाराधीन छ ।

गोरेलाई मोरङ ल्याइएपछि उन हेर्न अदालत परिसरमा सर्वसाधारणको भीड लागेको छ । गोरेलाई केहीबेरमा अदालतमा पेश गरिँदैछ ।

साढे ३३ किलोसहित तस्करीको ३८ क्विन्टल सुन र सुन तस्करीसँगै जोडिएको मोरङका सनम शाक्य हत्या प्रकरणको थुनछेक बहस सकिएको छ । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ३० जना अभियुक्तलाई पक्राउ परेका छन् ।

६५ जनाविरुद्ध मुद्दा दर्ता भए पनि ३० मुद्दा दर्ता भएको दिन वैशाख १९ सम्म ३० जना पक्राउ परेका थिए । जिल्ला सरकारी वकिलको कार्यालय मोरङले पक्राउ परेका ३० जनासहित पहिले ६३ र थप दुईजना गरी ६५ जनाविरुद्ध संगठित अपराध, अवैध रूपमा सुन चोरी पैठारी, शरीर बन्धक तथा अपहरण र ज्यान मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालत मोरङले मंगलवार आदेश जारी गरी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणामा पक्राउ परेका ३० जनालाई थुनामा राख्ने या धरौटी तथा सामान्य तारेखमा रिहा गर्ने बारे सुनुवाई गर्नेछ ।

Share.

Comments are closed.

error: Content is protected !!