सुन्दरीको जालमा भिआईपी

0

काठमाडौं, माघ १६: पैसावाल र उच्चपदस्थ व्यक्तिहरुलाई फसाएर ब्लाकमेलिङ गर्ने युवतीहरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । महानगरीय अपराध महाशाखाले यस्तो समूहकी एक युवतीलाई पक्राउ गरेको छ । धादिङकी सन्ध्या खड्कालाईप्रहरीले पक्राउ गरेको हो ।

सो समूहले फेसबुकबाट धनाढ्यहरुसाग नजिक हुने र प्रेमको नाटक गरेर रोमान्स गरेपछि ब्लामेल सुरु गर्ने गर्दछन् ।सम्बन्ध स्थापित भइसकेपछि आफुहरुबीचको सम्बन्ध परिवारलाई भनिदिने भन्दै लाखौं मागेर ब्लाकमेल गर्दै आएके भन्दै एक व्यापारीले प्रहरीमा उजुरी दिएका थिए । सोहि आधारमा पक्राउ गरेको हो । उनको समूहमा त्यस्ता धेरै जना युवतीहरु रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्राय भिआईपीहरुलाई उनीहरुले आफ्नो जालमा पार्दै आएक छन् ।
-दृष्टि साप्ताहिक

Share.

Comments are closed.

error: Content is protected !!