असोज ८, काठमाडौँ : आज सोमबार नेपाली बजारमा सुनको मुल्य हिजोको तुलनामा कुनै परिबर्तन आएको छैन । हिजो प्रतितोला ५८ हजार १ सय रुपैयामा कारोबार भैरहेको छापावाला सुनको मुल्य आज पनि सोही मुल्यमा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ५७ हजार ८ सय रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।
त्यसैगरी, आज चाँदीको मुल्यमा पनि कुनै परिबर्तन नआइ प्रतितोला ७ सय २० रुपैयामा कारोबार भएको महासंघले जनाएको छ ।