सिरियामा सुरक्षाकर्मीहरु र लडाकूबीच दोहोरो भिडन्त, दर्जनौको मृत्यु

0

अल तमाना, सिरिया, १५ पुस : सरकारको नियन्त्रण भन्दा बाहिर रहेको सिरियाको एउटा प्रान्तमा भएको आक्रमणमा परी दर्जनौको मृत्यु भएको छ ।

इद्लीब र हामा प्रान्तको सिमा क्षेत्रमा पर्ने ठाँउमा सरकारी सुरक्षाकर्मीहरु र जिहादी लडाकूबीचमा शुक्रबार भिडन्त भएको थियो ।

अल तामाना क्षेत्रमा अहिले पनि भईरहेको भिडन्तमा परी कम्तीमा ६८ जनाको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमन राईटस्ले जनाएको छ ।

मारिएका मध्ये कम्तीमा २१ जना आमनागरिक रहेका घटनास्थलको अनुगमन गरिरहेका बेलायत आधारित मानव अधिकारीवादी संस्थाका प्रमुख रामी अब्देल रहमानले बताउनु भयो ।

ती सर्वसाधारण सरकारको समर्थन गर्दै आएको रसियाआवद्ध युद्धकविमानको आक्रमणमा मारिएका हुन् ।

यस आक्रमणमा परी २७ सैनिक अन्य २० जना अल कायदाआवद्ध फतेह अल सामका लडाकूहरु मारिएका अब्जरभेटरीले जानकारी दिएको छ ।रासस÷एएफपी

Share.

Comments are closed.

error: Content is protected !!