सामुदायिक विद्यालयलाई २४ लाख मूल्य बराबरको पुस्तक वितरण

0

पिएनपिखबर, भक्तपुर : लायन्स क्लब अफ काठमाडौँ तथा रोटरी सामुदायिक क्रप्सको सयुक्त आयोजनामा तारकेश्वर नगरपालिकाका १५ वटा सामुदायिक विद्यालयलाई प्रति विद्यालय ५२२ थान पुस्तक वितरण गरिएको छ।

गत बुधबार धर्मस्थलीस्थित रिभरसाईड रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि करिब २४ लाख मूल्य बराबरको जम्मा ७८३० थान पुस्तक प्रदान गरिएको थियो। तार्केस्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोराको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा लाईयन्स क्लबका अध्यक्ष पंकज प्रधान र सभापतिका रुपमा रोटररी कल्बका अध्यक्ष तथा लाईन्स क्लवका पुर्व अध्यक्ष कृष्ण वि.सीलाई आमन्त्रित गरिएको थियो।

उक्त कार्यक्रममा तारकेस्वर नगरपालिकामा रहेका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानअध्यापक एवंम शिक्षक-शिक्षिका, समाजसेवी, बुद्दीजीवी, जनप्रतिनिधिहरुका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा रोटरी कल्बका उपाधक्ष्य सुमन महर्जनले स्वागत मन्तब्य दिनुभएको थियो भने कार्यक्रम संचालन क्लबकै सेक्रेटरी सुनिल बस्नेतले गरेका थिए। लायन्स क्लबका पुर्व अध्यक्ष पंकज प्रधानले आफ्नो मन्तव्य राख्दै आगामी दिनहरुमा पनि सामुदायिक विद्यालयहरुलाई थप आवश्यक शैक्षिक सामाग्रीहरु उपलब्ध गराउने प्रतिबदता जनाउनु भयो।

कार्यक्रममा सहभागी रोटरी सामुदायिक क्रप्सका अध्यक्ष रामकृष्ण वि.सीद्वारा पुस्तक प्राप्त गर्ने विद्यालयहरुलाई शैक्षिक सामाग्रीहरुको उचित व्यवस्थापन र प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो। वि.सीले पुस्तकहरुको उचित प्रयोग र व्यबस्थापन भएको छ वा छैन भनेर अनुगमन गरी थप शैक्षिक सामाग्री उपलब्ध गराउने समेत जानकारी दिनुभयो।

Share.

Comments are closed.

error: Content is protected !!