साबधान ! महिनावारी हुँदा यौनसम्पर्क गर्नाले लाग्न सक्छ यस्तो खतरानक रोग

0

काठमाडौँ : महिनावारी हुँदा यौनसम्पर्क गरेमा गर्भ रहन जाने सम्भावना धेरै नै कम हुन्छ । किनकि महिनावारी भएको समयमा डिम्बाशयबाट डिम्ब निस्केको हुँदेन ।

साथै पहिला निस्सिकेको डिम्ब र पाठेघरको भित्रि भाग पनि तुहिएर गइसकेको हुनाले त्यसबेला शुक्रकिटसगं निसेचित हुने कुरै भएन । तर जुन महिलाको महिनावारी चक्र छोटो छ जस्तै करिब २० दिनमा महिनावारी हुन्छ भने त्यस्ता महिलामा महिनावारी भएको चार–पाँच दिनमा यौनसम्पर्क गरेमा गर्भ रहन सक्छ ।

त्यस्तै गरी विचार गर्नुपर्ने कुरा के हो भने महिनावारी भएको बेलामा यौनसम्पर्क गर्दा बरु अरु संक्रमित रोग निम्त्याउन सक्छ । त्यसैले महिनावारी भइरहेका बेलामा यौनसम्पर्क न गर्नु नै उत्तम हुन्छ ।

महिनावरी भएपछि यौनइच्छा घट्न पनि सक्छ र बढ्न पनि सक्छ । यो नितान्त व्यक्तिको शारिरीक अवस्थामा भर पर्छ ।

कुनै अध्ययनमा महिनावारी भएपछि डिम्बाशयबाट डिम्ब निस्केको समयमा यौनइच्छा बढी भएको जनाईएको छ भने अन्य अध्ययनमा केहि महिलाहरुमा महिनावारी भएको बेला रागरसको कारणले गर्दा यौनइच्छा बढेको हुन्छ ।

तर कुनै अध्ययनमा भनेको छ कि महिनावारी भएको समयमा पेट दुख्ने, रिंगटा लाग्ने, मानसिक तनाव हुनेजस्ता समस्या हुनेहरुमा यौनइच्छामा कमी भएको बताइएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!