साना वाम दललाई पनि समाहित गरिने

0

काठमाडौँ, ९ पुस (रासस) : नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पुष्पलाल कम्युनिष्ट आन्दोलनका साझा नेता भएको बताउनुभएको छ ।

पुष्पलाल स्मृति प्रतिष्ठानको पाँचौँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री खनालले उहाँको सपनालाई साकार पार्न सम्पूर्ण वामपन्थी शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कम्युनिष्ट सिद्धान्तलाई अवलम्बन गर्ने सबै वामपन्थी शक्तिलाई एकताबद्ध गर्न हामी लागिपरेका छौँ ।”

प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी र नेकपा (माओवादी केन्द्र) बीच छिट्टै एकता हुने र त्यसपछि अन्य ससाना वाम दललाई पनि समाहित गरिने जानकारी दिनुभयो ।

Share.

Comments are closed.

error: Content is protected !!