साठ्ठी लाख परदेशीको मनोपिडा बोकेको गीत ‘पसिनाको मोल’ लिएर आए प्रकाश सिङ [हेर्नुहोस भिडियो सहित]

0

काठमाडौँ, २६ भदौ : लमजुङका युवा गायक प्रकाश सिङको आवाजमा नयाँ गीत “पसिनाको मोल” भिडियोसहित सार्वजनिक भएको छ। सार्वजनिक उक्त भिडियोमा घर परिवार छोडेर प्रदेश गएका ६० लाख युवाहरुको मनो पिडालाई उतारिएको छ। गायक प्रकाश स्वयम पनि परदेशी भूमिमै पसिना बगाइरहेका तर आफ्नो देशलाई माया गर्ने आफ्नो नेपाली गीत संगीतलाई माया गर्ने एक कर्मठ नेपाली हुन् । उनि अहिले परदेशी भुमिबाट नै नेपाली सांगीतिक यात्रामा निरन्तर लागिरहेका छन ।

परेदेशीएका आम नेपालीको मन बोलेको उक्त गीतको भिडियोमा मोडल बिकास लामिछाने, भद्रगोलकी रक्षा र रश्मी भट्टले अभिनय गरेका छन । युवा निर्देशक रायन कार्कीको निर्देशनमा तयार भएको यो गीतमा शब्द तथा संगित पनि प्रकाश सिंहको नै रहेको छ ।
हेर्नुहोस परदेशीको पिडा बोकेको गीत “पसिनाको मोल” :

Share.

Comments are closed.

error: Content is protected !!