साङ्लाले सताएर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् साङ्ला भगाउने यी ४ घरेलु उपाय

0

सामान्यतया घरमा ओसको मात्रा बढी हुँदा साङ्लाहरुलाई रहन वा बच्न सहज हुन्छ । साङ्लाहरुको आवास भनेकै भान्साको आसपास खाने कुरा भएको ठाउमा नै हुने गर्दछ ।

बजारमा साङ्ला भगाउन मार्नका लागि अनेक तरहका रसायनिक औषधि पाइन्छन् । तर, यी औषधीहरु स्वास्थ्यका लागि हानिकारक हुन्छन् । यदि घरमा साना बच्चा छन् भने रासायनिक औषधि होइन, घरेलु उपाय नै अपनाउनु बुद्धिमतापूर्ण कार्य हुन्छ ।

साबुन पानी
साबुन या स्याम्पुको झोलले सबैभन्दा छिटो र सजिलो किसिमले साङ्ला मर्दछन् । साङ्लाको शरीरमा साबुनको झोल परेपछि यसले बाहिरबाट हावा लिन पाउँदैन ।

साङ्लाले श्वास फेर्न छालाको सहारा लिने हुँदा शरीरमा साबुनको झोलले स्वास फेर्न अथवा लिन अप्ठ्यारो हुने कारणले गर्दा साङ्ला सास लिन नसकी छटपटिएर मर्छ ।

प्रयोग बिधि
एउटा भाँडोमा नुहाने साबुनको झोल तयार गर्ने । स्याम्पु मिसाउँदा पनि हुन्छ । सांग्लाहरु भएको स्थानमा यो झोल छर्किने । सांग्लाहरु भाग्न नपाउन भनेर चारै तिर झोल को अलि चौडा घेरा बनाउँदा पनि हुन्छ ।

अब यो झोल सांग्लामाथि छर्किने । सांग्ला भाग्न खोज्छन् । केही मर्छन् । भाग्न खोजेका सांग्लामाथि यो झोल छर्किँदै जाने । लुगा धुने साबुन भन्दा नुहाने साबुन डिटोलको झोलले यो छिटो मर्दछन् ।

तेजपत्ताको प्रयोग
तेजपत्ताको गन्धसँग सांग्ला भाग्ने गर्छ । केही पत्ता सांग्ला धेरै बस्ने कुनामा राखिदिनुहोस् । यसको गन्धले कक्रोच आफैँ भाग्ने गर्छ । तर, एउटै पत्ताले लामो समय काम नगर्ने भएकाले केही हप्ताको अन्तरमा त्यसलाई बदल्नुपर्छ ।

सोडा र चिनी
सोडा र चिनी कचौरामा बराबर मात्रामा सोडाको धुलो र चिनी मिसाएर कक्रोच धेरै बस्ने ठाउँमा राख्नुहोस् । चिनीको गुलियोले कक्रोचलाई आकर्षित गर्छ, त्यसलाई खाएपछि सोडाले मार्ने काम गर्छ । समय–समयमा यसलाई पनि परिवर्तन गरिराख्नुपर्छ ।

ल्वाङ
ल्वाङको गन्ध ल्वाङ पनि कक्रोच भगाउने उत्तम उपाय हो । कक्रोच धेरै लाग्ने ठाउँमा ल्वाङका केही टुक्रा अथवा धुलो राखिदिनुहोस् । यस उपायबाट कक्रोच भाग्छ ।

मट्टीतेल
हामीले मट्टीतेलको प्रयोगद्वारा पनि साङ्लाबाट मुक्ति पाउन सकिन्छ । तर, यो प्रज्वलनशील पदार्थ भएकाले प्रयोग गर्दा निकै सावधानी र सजगता भने अपनाउनु पर्ने जरुरी रहन्छ ।

साङ्ला रहनको लागी ओसिलो ठाउँ अतिनै अनुकूल मानिन्छ । त्यसैले पनि आफ्नो भान्सा कोठालाई ओसमुक्त राख्नुभयो भने पनि साङ्लाबाट केही हदसम्म भएपनि राहत हुन्छ।

Share.

Comments are closed.

error: Content is protected !!