काठमाडौँ: सागर खालिङ राईको नेपाली आधुनिक गीत ‘तिम्रो माया’ सार्वजनिक भएको छ। मायामा हुने धोकाधडी र बिश्वासघातको बिषयलाई गीतमा उतारिएको छ । सागरको मिठो शब्दमा रहेको गीतमा अहिलेका अत्यन्तै ब्य्स्त सङ्गितकार दिपकराज बिक ले सङ्गीत भरेका छन। गीतमा अहिलेका युवा गायक प्रकाश राईले स्वर दिएका छन भने गायक राई आफैले निर्देशन गरेका छन ।
गीतलाई सिसिआर पोखरेलले छायांकन र सम्पादन गरेका हुन् । गीतमा आयुष्मा राना, प्रतिक्ष्या, सन्तोस र दिपसुङ आरसीको अभिनय रहेको छ । सागर खालिङ राई आफ्नो पहिलो प्रस्तुति दर्शक श्रोताले मन पराइदिनेमा विश्वस्त छन । राईले चाडै नै अर्को प्रस्तुति लिएर दर्शकश्रोता माझ आउने प्रतिबद्धता समेत जनाएका छन ।
सागर खालिङ राई एक सफल व्यापारी हुन् । बिद्यालय जीवन देखि नै विश्वाशिलो र मिलनसार स्वभावका राई बालापनदेखि नै ख्यातीप्राप्त खेलाडी देखि कलाकारहरुलाई उपस्थित गराई खेल प्रतियोगिता आयोजना गर्ने गर्थे। बालापनदेखि नै प्रतिभाको कदर गर्ने राईले यसपटक भने आफैले कपि र कलम राम्रोसँग तिखारेका छन।