साउदी अरबियाका राजकुमार थुनामुक्त

0

एजेन्सी : भ्रष्टाचारको आरोपमा गत नोभेम्बरमा पक्राउ परेका साउदी अरबियाका राजकुमार थुनामुक्त भएका छन्। गत वर्षको नोभेम्बर महिनामा साउदी अरेबियाका युवराज मोहमद बिन सलमानले सुरु गरेको भ्रष्टाचारीहरुमाथि कारबाहीको क्रममा पक्राउ गरिएका अर्बपति राजकुमार अलवालीद बिन तलाल थुनामुक्त भएको समाचारमा जनाइएको छ ।

अर्बपति राजकुमार तलालका साथै त्यस समय पक्राउ परेका अन्य केही शक्तिशाली व्यक्तिहरू पनि थुनामुक्त भएको रियादबाट प्राप्त समाचारमा जनाइएको छ । गएका केही हप्तायतादेखि उनीहरुमाथिका अभियोगको छानबीन गरी कतिपयलाई थुनामुक्त गरिएको बताइएको छ । भ्रष्टाचारको अभियोगपछि थुनामुक्त हुने पछिल्लो शक्तिशाली व्यक्तिमा राजकुमार तलाल रहेका छन्।

उनलार्इ राजधानी रियादको एक सुविधासम्पन्न होटलमा थुनामा राखिएको थियो । पछि उनीमाथिको अभियोग प्रमाणित नभएको भनी मुक्त गरिएको बताइएको छ । उनले आफूविरुद्ध कुनै अभियोग नलगाइएको बताउँदै आएका थिए। थुनामुक्त भएपछि उनले युवराज मोहमद बिन सलमानको भ्रष्टाचारविरोधी कदमको आफूले समर्थन गर्ने बताएका छन्।

राजकुमार तलाल साउदी अरेबियाका वर्गका व्यक्ति मध्ये पर्दछन् । युवराज मोहमदले आफू सत्तामा आएपछि शक्ति सुदृढ गर्नका लागि आफ्ना विरोधीहरुलाई तह लगाउन सो भ्रष्टाचार विरोधी कारबाही अभियान चलाएको आरोप लगाइएको थियो ।

राजकुमार तलालजस्तै जस्तै जेलबाट छुटेका मध्ये कतिपयको आरोप प्रमाणित नभएको र कतिपय धरौटीमा छुटेको बताइएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!