साउथ सुपरस्टार रवी तेजाको एक्सनले भरपुर फिल्मको ट्रेलर रिलिज [भिडियो सहित]

0

एजेन्सी: साउथ फिल्मका सुपरस्टार रवी तेजाद्वारा अभिनित फिल्मको ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको ट्रेलर र रोमान्स र एक्सनले भरिपूर्ण रहेको छ । ‘टच चेसी चुदु’ नाम रहेको उक्त फिल्ममा रवी पुलिसको भूमिकामा रहेका छन् ।


एक पछि अर्को सफल फिल्म टलिउडलाई दिएका रवीले अभिनय गरेको फिल्मलाई बलिउडले राउडी राठोर नाम राख्दै रिलिज गरेको थियो । जुन फिल्मले बलिउड बक्स अफिसमा धुम मचाएको थियो ।

साउथ फिल्ममा एक्सन स्टारको रुपमा समेत चिनिएका रवीले यस फिल्मकालागि निकै मेहनत गरेका छन् । ‘टच चेसी चुदु’ मा रविका अलावा राशी खन्ना , सीरत कपुर , फ्रेडी दारुवालाको अभिनय रहेको छ । फिल्मलाई विक्रम सिरिकोन्दाले निर्देशन गरेका छन्।

Share.

Comments are closed.

error: Content is protected !!