साईवर क्राईम सम्बन्धी दिने सचेतनामुलक कार्यक्रम सम्पन्न

0

रबिन्द्र बराल,

रंगेली, माेरङ, १७ चैत : जिल्ला प्रहरी कार्यालय मोरङ र सामुदायिक सेवाकेन्द्र तिनपैनीको संयुक्त आयोजनामा साईवर क्राईम सम्बन्धी एक दिने सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
बिराटनगर महानगरपालिका वडा नं. २ स्थित तिनपैनी SOS युवालयका ४० जना विद्यार्थीहरुलाई आत्मसुरक्षा, सशक्तिकरण र साईवर क्राईम सम्बन्धी जन चेतना दिएका थिए ।

उक्त कार्यक्रमकाे प्रमुख अतिथि प्रहरी उपरीक्षक अरुण कुमार बि.सी. तथा सामुदायिक सेवाकेन्द्र तिनपैनीका अध्यक्ष मिना जोशी, सचिव किरण श्रेष्ठ, SOS युवालयका वार्डेन अनुसा गिरी, काउन्सिलर रितेश श्रेष्ठ, अर्जुन अर्याल बिना भण्डारी लगायतकाे उपस्थीती रहेको थियो । प्रहरी सहायक निरीक्षक राकेस राईले साईबर क्राईमको परिचय, प्रकार, उजुर गर्ने स्थान, सो सम्बन्धी कानुनी ब्यवस्था लगायतका विषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

बि.सी.ले आत्मसुरक्षा र सशक्तिकरण के कसरी गर्ने, साईबर क्राईम कसरी हुन्छ। र साईबर क्राईम हुन/गर्न नदिन के कस्ता सावधानीहरु अपनाउने भन्नेे जस्ता विषय हरु माथी प्रष्ट पार्दै साईबर क्राईम भई हालेको खण्डमा अपराघ नलुकाएर तत्काल प्रहरी कार्यालय मा खबर गर्नुहुन अनुरोध समेत गर्नु भएको थियोे ।

Share.

Comments are closed.

error: Content is protected !!