नापी कार्यालय साँखुका नापी अधिकृत र कार्यालय सहयोगी विरुद्ध मुद्दा दायर

0

काठमाडौँ, ८ जेठ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय साँखुका नापी अधिकृत भागवत साह र कार्यालय सहयोगी खेमराज भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार नापी अधिकृत शाहले गोकर्णेश्वर नपा–२ को जग्गा कित्ताकाट गरिदिएबापत सेवाग्राहीसँग रु दुई लाख ५० हजार घुस मागेको अभियोगमा केही दिन पहिले पक्राउ गरिएको थियो ।

आयोगले बिगो असुल गरी गरी हदैसम्मको कारबाहीको माग गरेको छ । रासस

Share.

Comments are closed.

error: Content is protected !!