सहारा पत्रकारिता पुरस्कार नेपाललाई

0

पोखरा, २५ भदौ: यस वर्षको सहारा पत्रकारिता पुरस्कार पत्रकार विजय नेपाललाई प्रदान गरिने भएको छ । सहारा क्लब पोखराद्वारा स्थापित उक्त पुरस्कारको राशि १५ हजार ५५५ रहेको छ । क्लबको वार्षिकोत्सवका अवसरमा यही भदौ ३० गते उहाँलाई सो पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष केशव थापाले जानकारी दिनुभयो ।

खेलकूद क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रोत्साहन गर्न सहारा क्लबले २०६३ सालबाट यो पुरस्कारको थालनी गरेको हो । नेपाल खेलकूद पत्रकार मञ्च कास्कीका कोषाध्यक्षसमेत रहनुभएका नेपाल राजधानी दैनिकको पोखरा सम्वाददाता तथा आदर्श समाज दैनिकका सहसम्पादक हुनुहुन्छ ।

उहाँले यसअघि राष्ट्रिय समाचार समिति, पोखरा हटलाइन दैनिक, रेडियो बाराही, राइजिङ पोखरा दैनिक, समाधान दैनिक लगायतमा काम गरिसक्नुभएको छ । त्यस्तै क्लबले आफ्ना सदस्यमध्येबाट यस वर्ष कविता अधिकारीलाई सहारा उत्कृष्ट सदस्यको रुपमा सम्मान गर्ने पनि अध्यक्ष थापाले जानकारी दिनुभयो ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!