सलमान खानको ‘टाइगर जिन्दा है’ सय करोड क्लवमा प्रबेश

0

पुस १०, बलिउड सुपरस्टार सलमान खान र कैटरिना कैफ स्टारर फिल्म ‘टाइगर जिन्दा है’ सय करोड क्लवमा प्रबेश गरेको छ । गत शुक्रबारबाट रिलिज भएको फिल्मले तेस्रो दिनमै १११ करोड कमाएको छ ।

पहिलो दिन ३४ करोड आम्दनी गरेको फिल्मले दोस्रो दिन पहिलो दिन भन्दा एक करोड ज्यादा व्यापार गरेको छ अर्थात् ३५ करोड व्यापार गरेको छ । आइतवार तेस्रो दिन ४४ करोड व्यापार गरेको छ ।

ट्रेलर र गीत युट्युवमा निकै हिट भएको यो फिल्मले राम्रो व्यापार गर्ने बताइएको छ । बलिउडका पण्डितहरुले यो फिल्मले ३०० करोडको आँकडा पार गर्ने बताइरहँदा रिलिजको तेस्रो दिनसम्म फिल्मले १११ करोड कमाएको छ ।

यसराज फिल्मस्को व्यानरमा बनेको चलचित्रलाई अली अव्वास जफरले निर्देशन गरेका हुन् ।

Share.

Comments are closed.

error: Content is protected !!