सर्पले टोकेमा के गर्ने / के नगर्ने ? जानी राखौ

0

एजेन्सी : सर्पले टोक्ने बित्तिकै डराउन हुँदैन । सर्पले टोक्ने बित्तिकै आत्तिनु हुदैन। सर्प र सर्पको टोकाइको तरीकाले विष लाग्छ वा लाग्दैन भन्ने निक्र्यौल गर्न सकिन्छ । सर्पको विष मांशपेशीबाट रगत हुँदै रगतको माध्यमले मुटु र मस्तिष्कमा पुग्ने हुन्छ । कुनै टोकाई विषालु हुन्छ । कुनैले टोकेको भएपनि विष लाग्दैन । कहिले टोकेको जस्तो लागेपनि टोकेको चाहिँ हुँदैन ।

सर्पले टोकेपछि विष लाग्यो वा लागेन भन्ने कुरा शरीरमा आएको परिवर्तनले पनि जान्न सकिन्छ।
घाउमा दाँतको चिन्ह हुन्छ ।
जीउ सुन्निन थाल्छ ।
छालाको रंग बदलिन्छ ।
झमझमाउने दुख्ने हुन्छ ।
बिरामीको मुखबाट फिज आउँछ ।
आँखा आधा बन्द हुन्छ ।
शरीर कम चल्न थाल्छ ।
श्वास प्रश्वासमा समस्या आउँछ ।

प्राथमिक उपचार
टोकेको ठाउँभन्दा माथि हलुकासँग बाँध्ने
बिरामीलाई सकेसम्म हलचल गर्न नदिने
टोकेको ठाउँलाई नहल्लियोस् भन्नको लागि काठले बाँध्ने
टोकेको भाग मुटुको तहभन्दा तल राख्नुपर्छ
सकेसम्म छिटो स्वास्थ्य संस्थामा लैजाने ।

सर्पले टोकेको ठाउँभन्दा माथि बाँध्नु हुन्छ कि हुँदैन ?
सर्पले टोकेपछि विष माथि नफैलियोस् भन्नका लागि बाध्ने चलन छ । तर बाध्ने तरिका मिलेन भने यो उपचार नभई गल्ती हुन जान्छ । टोकेको ठाउँबाट विष माथि नफैलियोस् भन्नका लागि ब्यान्डेजले हलुका बाध्नु राम्रो हो तर रगत सञ्चालनमा समस्या आउने गरी बाध्नु पटक्कै हुँदैन । रबर जस्ता कडा वस्तुले कसिलो गरी बाध्दा रगत सञ्चालन हुन पाउँदैन र कोषहरु मर्छ । धेरै लामो समयसम्म यहि अवस्था रहेमा बाधेको ठाउँभन्दा तलको भाग काट्नुपर्ने हुन्छ ।

सर्पले टोकेपछि गरिने गलत बानि
मुखले चुस्ने- सर्पले टोकेको ठाउँमा मुखले चुस्नु चलचित्रमा देखाउँदा मात्रै राम्रो हो । वास्तविक जीवनमा मुखले चुस्यो भने घाउमा किटाणुको संक्रमण हुन्छ ।
टोकेको ठाउँमा ढुंगाले घोट्ने
घाउमा भएको ठाउँमा काटेर हेर्ने वा काटेर फाल्ने
सर्पले टोकेको विष शरीरमा फैलने समय एकैनाशको हुँदैन, कुन ठाउँको सर्प र कुन प्रजातिको हो भन्ने आधारमा नै विष फैलने हुन्छ ।

Share.

Comments are closed.

error: Content is protected !!