सर्पदंशबाट वृद्धको मृत्यु

0

सुर्खेत, २९ भदौ: सुर्खेतको लेकबेसी नगरपालिकामा सर्पदंशबाट आज एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लेकबेशी–९ तालडाँडा सुर्खेत निवासी ६० वर्षीय बलबहादुर सोमै मगर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।

वृद्ध सोमैलाई सुतेको बेला गए राति ३ बजे सर्पले डसेको प्रवक्ता चौधरीले बताउनुभयो । बिहान ८ बजे उपचारका लागि उनलाई क्षेत्रीय अस्पताल सुर्खेतमा पु¥याइएको थियो । उपचारका क्रममा आज बिहान ११ बजे मृत्यु भएको प्रहरीले बताएको छ । हालसम्म सर्पदंशबाट सुर्खेतमा चार जनाको ज्यान गइसकेको जनाइएको छ ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!