सरकारी सेवा डिजिटलमा

0

काठमाडौँ, ७ जेठ: सरकारले सरकारी सेवालाई डिजिटल माध्ययमबाट प्रदान गर्ने घोषणा गरको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारी सेवाका कामलाई कागजी माध्ययबाट हटाई डिजिटल प्रविधिमा प्रयोग गरिने घोषणा गर्नुभयो । सरकारको नीति तथा कार्यक्रममा सरकारी सेवाको सहज जानकारी पाउन सक्ने र आफ्ना गुनासा तथा सुझाव सम्बन्धित निकाय र पदाधिकारीसमक्ष सोझै पठाउने सक्ने व्यवस्था गर्न ‘नागरिक अधिकार’ मोबाइल एप्स प्रयोगमा ल्याउने तयारी गरेको छ ।

यस्तै सबै नेपालीलाई वायोमेट्रिक सूचना र पृथक नम्बरसहितको राष्ट्रिय परिचयपत्र उपलब्ध गराइने छ । नीति तथा कार्यक्रममा सबै प्रकारका अनुगमनमा सूचना प्रविधि प्रयोग गरिने सरकारको तयारी छ । यसैगरी सेवा प्रदायक सबै सरकारी निकायलाई सूचना प्रविधि सञ्जालमा आबद्ध गरी प्रमुख नतिजा र निर्णय परीक्षण गरिने छ ।

राष्ट्रपति भण्डारीले प्रस्तुत गर्नु भएको सरकारको नीति तथा कार्यक्रममा सरकारले सबै प्रकारको सेवाको गुणस्तर कायम गर्न मानक तयार गर्ने उल्लेख गरिएको छ । यस्तै विद्यालय तथा विश्वविद्यालय, अस्पताल तथा स्वास्थ्य केन्द्र, सार्वजनिक यातायात, सडक, विमानस्थल, पार्क, सरकारी र नीजि क्षेत्रमा प्रदान गर्ने सेवमा ‘नेपाल गुणस्तर’लागू गरिनेछ ।

 

Share.

Comments are closed.

error: Content is protected !!