सरकारी जागीर प्राप्ती देखि आत्मबलसमेत बढाउँनको लागि यसरी गर्नुहोस सुर्यदेवको पूजा

0

पिएनपिखबर, भक्तपुर : सुर्यलाई आत्मा मानिएको छ। यसकारण जब मानिसमा आत्मविश्वासको कमी हुन्छ त्यस समय सुर्यको व्रत बस्नुपर्ने ज्योतिषशास्त्रमा उल्लेख छ। सुर्यको पुजाबाट हामीलाई धेरै लाभ मिल्दछ। सुर्यलाई कलियुगको साक्षात देवता पनि भन्ने गरिन्छ। विहानको समयमा सुर्यको दर्शन गर्नाले हामीलाई विभिन्न खालको लाभ मिल्छ। यदि विहान सुर्यको स्नान पछि सधै जल चढाउने बानी बसाल्नुभयो भने जीवनको कुनै पनि क्षेत्रमा असफलता मिल्दैन।

कुंडलीमा सुर्यको स्थिति खराब छ भने मानिसलाई अरुले दबाएर राख्दछन। आफ्नो हक र अधिकारमा आवाज उठाउन पनि सक्दैनन र शासकीय कार्यमा पनि उसलाई समस्याको समाना गर्नुपर्ने हुन्छ। यदि सूर्यको कुण्डलीलाई मजबुत बनाउनु छ भने विहान चाडै उठ्नु सबैभन्दा महत्वपूर्ण हुन्छ। यदि सुर्य उदाउँदा हामीले ओछ्यान छोड्यौ भने सुर्यले शुभ फल दिन थाल्दछ।

सूर्यदेव प्रसन्न छन भने मानिसको जीवनमा सात फाईदा मिल्ने छ त्यो के-के हुन् जन्नुहोस :

१. आत्मबल बढ्नेछ। मानिसमा कुनै पनि कार्य गर्नको लागि आत्मविश्वास जाग्दछ।

२. दिमागमा खराब विचार आउँदैन। मानिस सकरात्मक सोच्न थाल्दछ। इंसान हमेशा पॉजीटिव सोचता है।

. शासकीय कार्यमा सफलता मिल्नेछ।

४. सरकारी नोकरीमा फाइदाको स्थिति बन्नेछ।

५. आफ्नो बाबुबाट प्रेम बढ्नेछ। बाबुको सहयोग मिल्नेछ।

६. अफिसमा तपाइको माहोल ठिक हुनेछ। जसले धन लाभको योग बन्नेछ।

७. वैवाहिक सम्बन्धको दुरी कम हुन्छ जसले सम्बन्ध विच्छेदको योग टाल्दछ।

यसरी गर्नुहोस सुर्यको आराधाना :

. बिहान ५ देखि ६को बीचमा उठ्ने बानी बसाल्नुहोस।

२. बिहान उठेर थोरै व्यायाम गर्नुहोस र स्नान गरेर चोखो कपडा लगाउनुहोस।

३. सूर्योदय पछि सुर्यलाई जल चडाएर जलको अर्ग दिनुहोस। तब कलशमा ताजा पानी भरेर चढाउनुहोस्।

४. सूर्यलाई अर्ग दिंदा हातलाई माथि राख्नुहोस र खसिरहेको पानीको धाराबाट सुर्यलाई दर्शन गर्नुहोस।

५. अर्घ दिंदा ऊं नमो भगवते आदित्याय नमः मंत्रको जप गर्नुहोस।

६. यसपछि समय छ भने आदित्य हृदय स्तोत्रको पाठ पनि गर्नुहोस।

यस क्रमलाई सधै दोहोर्याउनु पर्छ। यसले तपाईको जीवनमा नकारात्मकता खतम हुनुको साथै आत्मविश्वास बढ्ने छ जसले तपाईको काम उन्नती, प्रगती भई राम्रो हुनेछ।

Share.

Comments are closed.

error: Content is protected !!