सय करोड क्लबमा प्रवेश गर्दै ‘पद्मावत’ले तोड्यो ‘बाजीराव–मस्तानी’को रेकर्ड

0

एजेन्सी। माघ १५, विवादकाबीच रिलिज भएको चलिचित्र ‘पद्मावत’ सय करोड क्लबमा प्रवेश गरेको छ । फिल्मले रेकर्ड समेत तोड्न सुरू गरेको छ ।

फिल्मको तेस्रो दिनसम्म अनुमानित (ट्रेड) ११० करोड र ८३ करोड (पेड प्रिभ्यू) कमाएको छ । योसँगै नायिका दीपिका पादुकोणले आफ्नै फिल्म ‘बाजीराव–मस्तानी’ रेकर्ड तोडेकी छन् ।

सन् २०१५ मा प्रदर्शनमा आएको रणवीर सिँह र दीपिका पादुकोणको ‘बाजीराव मस्तानी’ ले प्रदर्शनको पहिलो चार दिनमा ५६ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

यो फिल्म अहिले ३५ सय हल प्रदर्शन भइरहेको छ । संजय लिला भन्सालीको निर्देशनमा बनेको फिल्म कयौं राज्यहरुका विभिन्न शहरहरुमा प्रदर्शन हुन सकेको छैन् । जसका कारण निर्माण पक्षले ठूलो क्षति ब्यहोर्नु परेको बताइएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!